Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा ८० हजार ७ सय रुपैयाँ बराबरको नक्कली नोट फेला !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँमा नक्कली नोट फेला परेको छ । प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो । प्रहरीका अनुसार कीर्तिपुरबाट एक हजार दरको ४९ र ५ सय दरको ५६ वटा नोट बरामद भएको हो ।
केहि समयअघि कलंकीबाट ५ सय दरका ९ वटा नक्कली नोटसहित ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनलाई प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । सोधपुछ क्रमम कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुल्न आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
यस्तै कीर्तिपुरमा रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको पनि उनले जनाए । उनीहरुको साथबाट सेक्यूरिटी थ्रेट बनाउने कच्चा पदार्थ पनि बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK