×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउने

GLOBAL IME BANK

सिद्धार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउने

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर। सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशत‍सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: