×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तले बोलायो चैत २९ गते १२औं वार्षिक साधारणसभा, कहिले हुन्छ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिथिला लघुवित्तले बोलायो चैत २९ गते १२औं वार्षिक साधारणसभा, कहिले हुन्छ बुक क्लोज ?

Artha Sarokar

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारणसभा चैत २९ गते हुने भएको छ ।  कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो । 
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामासर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी