Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंक लिमिटेडको बाउन्स चेक काट्ने पूर्ण लामा ललितपुरबाट पक्राउ, काठमाडौं जिल्ला अदालतमा पेस गरियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार रहेका पूर्ण लामा पक्राउ परेका छन् । उनलाई दुर्गामान मोक्तानको जाहेरीका आधारमा जावलाखेल ललितपुरबाट पक्राउ आईतबार पक्राउ गरिएको हो । मोक्तानले संचालन गरेको लेजर इन्फोटेक नेपाल प्रा.लि. नामक कम्पनीलाई लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको निजको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकम बराबरको चेक काटी दिएका थिए । 
त्यसपछि उच्च अदालत पाटन १५ दिन कैद र विगो बमोजिम बिस लाख रूपैंया जरिवाना हुने ठहर हुने सुनाएको थियो । त्यसयता उनि फरार रहेका थिए । लामालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको छ । फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK