×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोडको इन्साइडर ट्रेडिङ प्रकरण : सीइओसहित ७ जनाविरुद्ध अपराध महासाखामा उजुरी, प्रमाणित भए हुनेछ जेल सजाय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अजोडको इन्साइडर ट्रेडिङ प्रकरण : सीइओसहित ७ जनाविरुद्ध अपराध महासाखामा उजुरी, प्रमाणित भए हुनेछ जेल सजाय !

Artha Sarokar

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्सका सीइओसहित ७ जना विरुद्ध अपराध महाशाखामा कारवाहीका लागि उजुरी परेको छ । खुलेआम इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले भित्री कारोबार गरी गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ता केशव कोइरालाले उजुरी दर्ता गराएका छन् ।
कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे दाबी गर्दै उनले उजुरी दर्ता गराएका हुन् ।
अजोड इन्स्योरेन्सले अनियमितता गरेकाले यस कार्यमा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी