Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ प्रकरण : धितोपत्र बोर्डमा एक दर्जन बढी उजुरी, के गर्ने भन्ने विषयमा छलफल हुँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको खुलासा भएसँगै कम्पनीविरुद्ध लगानीकर्ताहरु जागेका छन्। कम्पनीका आन्तरिक सूचनाहरु चुहाएर कम्पनीले सेयर बजारमा चलखेल गरेको रहस्य खुलेपछी अपराध महाशाखामा समेत कम्पनीका सीइओसहित यसघटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै निवेदन परेको छ भने धितोपत्र बोर्डमा पनि उजुरी परेको छ ।
धितोपत्र बोर्डमा विभिन्न लगानीकर्ताले एक दर्जन बढी उजुरी गरेका छन् । उजुरी परेका निवेदनहरुमध्ये अधिकांसमा उही व्यहोरा खुलाएइएको छ । कम्पनीको समिति, कार्यकारी अधिकृत र कम्पनी सचिवले आफन्त, नातेदार र साथी भाइको नाममा सेयर खरिद गरेको देखिएको दाबी गर्दै दर्जनौं उजुरी परेका हुन् । दर्जनौं उजुरी परेपछि अजोड इन्स्योरेन्सलाई अव के गर्ने भन्ने विषयमा छलफल भएको धितोपत्र बोर्ड स्रोतले बताएको छ । ‘अध्यक्षज्यू यो केसलाई ढिसमिस गरौँ, आफ्नै मान्छे पर्नुभयो भन्ने लाइनमा हुनुहुन्छ । तर दर्जनौं उजुरी परेपछि उहाँलाई दबाब भने परेको छ ।’ बोर्डको उच्च स्रोतले भन्यो, ‘पछिल्लो समय धितोपत्र बोर्ड कमजोर देखिन थालेपछि सबैजना चिन्तित छन् । हेरौं अव के हुन्छ ।’
अघिल्लो दिन एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा सकारात्मक सर्किट लाग्नु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारण सभामा एजेन्डा राखिएको सूचना आउनुले कम्पनीभित्रको चलेखेल छताछुल्ल भएको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK