
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको खुलासा भएको छ । कम्पनीका आन्तरिक सूचनाहरु चुहाएर कम्पनीले सेयर बजारमा चलखेल गरेको रहस्य खुलेको हो । अघिल्लो दिन एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा सकारात्मक सर्किट लाग्नु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारण सभामा एजेन्डा राखिएको सूचना आउनुले कम्पनीभित्रको चलेखेल छताछुल्ल भएको हो।
यसरी भयो इन्साइडर ट्रेडिङ
सोमबार अजोड इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको उच्च तर अस्वाभाविक चाप देखियो । खासै गतिलो कम्पनी नभएर पनि किन यसरी लगानीकर्ता झुम्मिए ? प्रश्न जटिल थियो । अझ अजोड इन्स्योरेन्सको सेयर किन्नेमा एक ब्रोकर हाबी थियो । कतै केहि सूचना लिक त भएन ? धेरैको प्रश्न थियो । तर त्यसको सटिक जवाफ थिएन कसैसँग । किन्नेहरुले सेयर भकाभक किनिरहेका थिए । नभन्दै अजोड इन्स्योरेन्समा सकारात्मक सर्किट लाग्यो । मंगलबार एउटा सूचना आयो कम्पनीको तर्फबाट । कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको सूचनामा सभाले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भनियो । यहि सूचना अघिल्लो दिन र कहिले त्यसभन्दा केहि दिन अघि नै पाएर सेयर किने । अझ खास कुरा त के छ भने सोमबारमात्र २५% कारोवार एउटै ब्रोकरबाट भएको छ।
शून्य लाभांश दिने क्षमता भएको कम्पनीले पूँजी बराबर पनि मुस्किलले बढी ब्यापार गरेको कम्पनीलाई थप पूँजी चाहिने भन्ने सवाल हुँदैन । तर कम्पनीले सेयर मूल्य बढाउनकै लागि पूँजी थपको एजेन्डासमेत ल्याएको जानकारहरुको ठम्याई छ। कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने तथा हकप्रद सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने र सोहीअनुसार कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने भन्दै साधारणसभामा एजेन्डा राखेको छ।
अजोड इन्स्योरेन्सकै एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने- ‘हाम्रो कम्पनीमा खुलेआम नै इन्साइडर ट्रेडिङ भएको छ । ठुलाबडाको लगानी छ, कसैले केहि गर्न सक्दैन भन्ने तरिकाले मनपरी भएको छ । यतिसम्मकि कम्पनीको सूचनामा के राख्ने भन्ने विषयसमेत केहि दिन अघि नै छताछुल्ल भइसकेको थियो ।’ उनका अनुसार केहि ब्रोकरहरुमा अजोडको सूचना केहि दिन अघि नै पुगिसकेको थियो ।

नियामकदेखि प्रशासनसम्म जाने तयारीमा लगानीकर्ताहरु
यसैबीच अजोड इन्स्योरेन्सको मनपरीविरुद्ध कम्पनीको १ हप्ता अघि देखिको सबै फ्लोर सिट निकालेर प्रमाणसहित लगानीकर्ताहरु शुक्रबार सप्रमाण धितोपत्र बोर्ड, बिमा समिति ,जिल्ला प्रसासन कार्यालय र महानगरीय प्रहरी प्रभागमा उजुरी गर्न जाने तयारीमा छन् । कुन दलाल बाट धेरै कारोबार भएको छ भन्ने जानकारी प्रहरीलाई दिने तयारी उनीहरुको छ । कम्पनीका सीइओ कुमार बहादुर खत्री र बोर्डका नातेदारका नामबाट सम्बन्धित दलालमा कारोबार भएको उनीहरुको आशंका छ । आवश्यक प्रमाण जुटाएर छानबिनमा सहयोग गर्नुपर्ने उनीहरुको धारणा छ। प्रचलित कानुनले यसरी हुने इन्साइडर ट्रेडिङलाई गैरकानुनी भन्छ ।
आज यो काण्डको रहस्य बाहिरिएपछी कमपनीका सीइओ खत्रीले विहानैदेखि फोन उठाएका छैनन् । यता धितोपत्र बोर्ड भने अजोड इन्स्योरेन्सको यो प्रकरणमा सकेसम्म आँखा चिम्लिने रणनीतिमा छ । अजोड इन्स्योरेन्सले ठुला मान्छेहरुको पावर लगाएर धितोपत्र बोर्ड, नेप्सेलगायतकालाई आफ्नो प्रभावमा पार्ने प्रयास सुरु गरिसकेको स्रोतको दाबी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्