×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्समा भएको ‘इन्साइडर ट्रेडिङको फलोअप : टालटुले प्रक्रिया सकेर केस तुहाउँदै नेप्से, बोर्ड उजुरी पर्खिंदै !

PRIME CA

अजोड इन्स्योरेन्समा भएको ‘इन्साइडर ट्रेडिङको फलोअप : टालटुले प्रक्रिया सकेर केस तुहाउँदै नेप्से, बोर्ड उजुरी पर्खिंदै !

अर्थ सरोकार

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको खुलासा भएपछी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गम्भीरतापूर्वक छानविन गर्नुपर्ने हो । तर नेप्सेले टालटुले प्रक्रिया सकेर यो प्रकरणलाई ‘ढिसमिस’ गर्न खोजेको गोप्य सूचना प्राप्त भएको छ । कम्पनीका आन्तरिक सूचनाहरु चुहाएर कम्पनीले सेयर बजारमा चलखेल गरेको रहस्य खुलेसँगै नेप्सेले यस विषयमा छानविन सुरु गरेर गलत गर्नेलाई कारवाही गर्नुको सट्टा कम्पनीलाई के कसो भएको हो भनेर स्पष्टीकरण  सोध्ने, र कम्पनीले ‘त्यसो भएको छैन’ भन्ने स्पष्टीकरण पठाएपछी यो केसको टुंगो लगाईदिने गरी तयारी गरेको नेप्सेको उच्च स्रोतको दाबी छ ।
स्रोतको दाबीलाई थप पुष्टी गर्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि अजोडलाई यस विषयमा के कसो भएको हो भनेर पत्र काट्ने तयारी गरिरहेको बताएका छन् । ‘हाम्रो सूचीकरण शाखाले यसलाई हेरिरहेको छ । हामी अजोड लाई के कसो भएको हो भनेर सोध्छौं । त्यसपछि उताबाट के जवाफ आउँछ हेरौं ।’
अघिल्लो दिन एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा ९.९६ प्रतिशतको वृद्धि हुनु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारण सभामा एजेन्डा राखिएको सूचना आउनुले कम्पनीभित्रको चलेखेल भएको खबर बाहिरिएको थियो । सोमबार अजोड कारोबार रकमका आधारमा पहिलो नम्बरमा नै देखिएको थियो भने कारोबार सेयर संख्याका आधारमा दोस्रो नम्बरमा देखिएको थियो ।
के भन्छन् सीइओ ?
यता अजोडका इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले भने कम्पनीका तर्फबाट कुनै पनि सूचना नचुहिएको दाबी गरे । ‘हाम्रो बैठक ५ बजे सकिएको हो । ५ बजे बैठक सकिएपछी हामीले यस विषयमा पत्रिकामा छाप्न सूचना तयार गरेका हौँ । हाम्रो तर्फबाट कुनै पनि कमी कमजोरी भएको छैन । ‘ उनले भने । ‘अनि हिजो कसरी त्यत्रो कारोबार भयो त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘त्यो संयोग मात्र हो । हाम्रो तर्फबाट कुनै पनि गल्ती वा गलत काम भएको छैन । ‘अनि एउटा ब्रोकरबाट त थुप्रै कारोबार भएको छ त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो भएको छैन भन्ने जानकारी आयो मलाई । यो सबै कुरा संयोग हो । ‘
यता धितोपत्र बोर्ड भने उजुरी पर्खेर बसेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: