×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खातामा रकम नभएको चेक काट्ने महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खातामा रकम नभएको चेक काट्ने महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा पक्राउ !

Artha Sarokar

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका २ जना पक्राउ परेका छन् । महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा बुढानिलकण्ठबाट लुकिछिपी रहेकाे अवस्थामा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको २०७७ माघ १० गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएका थिए । यस्तै लामालाई पनि उच्च अदालत पाटनले ४ दिन जेल सजाय र दश लाख ४५ हजार जरिवाना ठहर भएको थियो । त्यसपछि उनि फरार भएका थिए । 
उनीहरु दुवै जनाले आफ्नो खातामा रकम नभएको थाहा पाउँदा पाउँदै पनि अर्थात् जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी