चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए ।चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्