
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन २६ गतेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म कम्पनीले तय गरेको छैन् ।
बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले गत असोज २१ गते हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्