
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्ट ले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो ।
जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएस रहेको छ । आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ । “हामिले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो । पहिलो वर्षनै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामिले पूर्ण सफलता का साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,” कुँवरले भनिन्, “यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो ।”
भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशिया बैंक छन् । फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् । त्यसै गरि सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागि हुँदै छन् ।
फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नु पर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटर बाटै आबेदन दिन सकिनेछ । कतिपय कम्पनीहरुले अनलाईन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै कर्मचारी भर्ना गर्ने कम्पनिले आफुले चाहे जस्तो कर्मचारि पाउने भएकाले पनि जब फेयर उपलब्धिमुलक हुने अपेक्षा गरिएको छ । यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर बिदेशमा रहेका नेपालीहरुले आफुलाई उपयुक्त रोजगारी पाउने उक्तम विकल्प समेत पाउने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्