×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ बैंकको एटिएम सेवा १७ घण्टा प्रभावित !

PRIME CA

१५ बैंकको एटिएम सेवा १७ घण्टा प्रभावित !

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम अपग्रेड नहुँदा बैंकहरुको एटीएम सेवा साढे १७ घण्टा प्रभावित भएको छ । नेप्समा आवद्ध १० वाणिज्य बैंक र ५ विकास बैंकको एटीएम सेवा मंगलबार राति २ बजेदेखि साँझ ४.३० बजेसम्म प्रभावित भएको हो । 
नेप्सका अनुसार सिस्टममा नयाँ फिचरहरु राख्नुपर्ने भएकाले र सो सिस्टम अपग्रेड गर्दा समय लाग्ने भएकाले सेवा प्रवाभित भएको हो । कम्पनीले आफ्नो सिस्टम अपग्रेड गर्नका लागि राष्ट्र बैंकबाटसमेत अनुमति मागेको थियो । सिस्टम अपग्रेड गर्ने समयमा सेवा प्रभावित हुने भएकाले राष्ट्र बैंकले रातीको समयमा अपग्रेड गराउन समय दिएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले जानकारी दिएका छन् ।
नेप्समा वाणिज्य बैंकहरुमा बैंक अफ काण्माण्डू, सिजिटन्स, ग्लोबल आइएमई, माछापुछ्रे, नेपाल बंगलादेश, एनआइसी एशिया, प्रभु, प्राइम, सिद्धार्थ र सनराइज बैंक आवद्ध छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: