×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा चिनियाँ एटिएम ह्याकर सक्रिय, मेगा बैंकको एटिएम ह्याक गर्दै गरेको अवस्थामा वाङ जियोलोङ पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

काठमाडौँमा चिनियाँ एटिएम ह्याकर सक्रिय, मेगा बैंकको एटिएम ह्याक गर्दै गरेको अवस्थामा वाङ जियोलोङ पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।
मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्‍न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरिएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केहि समय अघि चिनियाँ ह्याकरहरुकै कारण नेपालका बैंकहरुबाट करोडौं रुपैयाँ ह्याकको प्रयास भएको थियो । त्यतिबेला बैंकरको चलाखीका कारण नेपालको करोडौं रुपैयाँ ह्याक हुन बाट जोगिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: