×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको विभिन्न बससेवाहरुमा क्युआर कोडको सुविधा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमाण्डू लिमिटेडको विभिन्न बससेवाहरुमा क्युआर कोडको सुविधा

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार QR Code विस्तारित गर्ने क्रममापूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ QR Code को सेवा बिहिबारबाट एक औपचारीक कार्यक्रमकाबीच शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई QR Code हस्तान्तरण गरे ।
यस सेवाको शुभारम्भसंगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्ने सम्पूर्णले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको QR Codeलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्ने सम्पूर्णले QR Code स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै यस बैंकद्वारा राखिएको QR Code छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा QR Code स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको QR Code स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । हालसम्म बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: