- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीको सचिवमा प्रकाश भुजेल नियुक्त भएका छन् । कम्पनीको चैत २ गतेको सञ्चालक समितिको बैठकले भुजेललाई सचिवमा नियुक्त गरेको हो । यसअघिका कम्पनी सचिव शेयर बहादुर कार्कीले दिएको राजिनामा स्वीकृत गर्दै कम्पनीले रिक्त पदमा भुजेललाई नियुक्त गरेको हो ।