
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । ४२ लाख अवैध रकमसहित भक्तपुरबाट २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले सो रकमसहित दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो । पेप्सीकोलाबाट सानोथिमितर्फ जाँदै गरेको कार जाँच गर्दा कारको डिक्कीमा हजार, ५०० र १०० रुपैयाँ दरको २७ लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको चेकसमेत बरामद गरेको छ । प्रहरीले सुमन घिमिरेको नाममा काटिएको दुई लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, एक लाख ५० हजार रुपैयाँको स्ट्यार्ण्ड चार्टर बैंकको चेक एक थान, नौ लाख ९९ हजार रुपैयाँको नेपाल बैंकको चेक एक थान, १५ लाख रुपैयाँको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार नगद जम्मा गरेको भौचरसमेत बरामद गरेको छ । दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्