×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रकम नभएको चेक दिने विजय कुमार श्रेष्ठ लुकीछिपी बसेको अवस्थामा पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रकम नभएको चेक दिने विजय कुमार श्रेष्ठ लुकीछिपी बसेको अवस्थामा पक्राउ

Artha Sarokar

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैकिङ्ग कसूर मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । सविता वैध्यको जाहेरीमा जिल्ला काठमाडौं साविक जितपुर गा.वि.स.वडा नं. परिवर्तित तार्केश्वर न.पा. वडा नं. ३ जितपुर फेदी घर भई हाल काठमाडौँ महानगपलिका वडा नं. १६ वस्ने वर्ष ५७ को विजय कुमार श्रेष्ठ लुकीछिपी बसिरहेको अवस्थामा आज पक्राउ परेका हुन् ।  
श्रेष्ठले मिति २०७७/०३/१५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी वैध्यलाई दिएका थिए । त्यसपछि उच्च अदालत पाटनको २०७७/१०/०२ गतेको फैसलाले उनलाई तिन कैद र विगो बमोजिम नौ लाख पचास हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि उनि फरार भएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी