×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्छ’ :राज्यमन्त्री विक (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.ले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री वि.क.ले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडी बढाएको भन्दै ति कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनको निम्ति भुगर्भ विज्ञानको सहि अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भुगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘विभिन्न खालका संरचनाहरुको निर्माण गर्ने, पुल, बाटो, विभिन्न खालका उद्योगहरु निर्माण गर्ने, विभिन्न खालका नयाँ खानी लगायतका विभिन्न खालको खोज अनुसन्धान गर्ने यी विभिन्न खालका निर्माणका कामलाई अगाडी बढाइरहेका छौँ । तर यो कार्यलाई व्यवस्थित गर्न, दुरगामी गर्न र मुलुकले राखेको राष्ट्रिय आकांक्षालाई पुरा गर्नका लागि हामीले भुगर्भको सही अध्ययन, अन्वेषण र विश्लेषण गर्न सक्यो भने मात्रै यो कुरा सम्भव हुन्छ जस्तो लाग्छ मलाई । समृद्ध नेपालको कुरा गरिरहदाखेरी अब हामीले गर्ने कामहरुलाई भु–विज्ञानसँग जोडेर यसलाई व्यवस्थित गरेर नलगिकन उन्मुक्ति पाइदैन । यसलाई राज्यले महत्वको हिसाबले अगाडी लानुपर्छ ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भुकम्प प्रतिरोधी नभएका कारण भुकम्पका कारण धेरै क्षति बेहोर्नुपरेको बताउनुभयो । पुनर्निर्माणको भुगर्भको अध्ययन हुनुपर्नेमा पनि उहाँको जोड छ । भौतिक पूर्वाधार निर्माणमा भुगर्भको अवस्था अनुसार ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँको भनाई छ । पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भुर्गभको अध्ययन गर्नुपर्ने बुझाइ क्रमश बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भुगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: