×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार र नेकपाबीच बालुवाटारमा अनौपचारिक वार्ता सुरु, नेता-कार्यकर्ता रिहा गर्ने तयारी, विप्लव पक्षका अडान यस्ता…

PRIME CA

सरकार र नेकपाबीच बालुवाटारमा अनौपचारिक वार्ता सुरु, नेता-कार्यकर्ता रिहा गर्ने तयारी, विप्लव पक्षका अडान यस्ता…

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच बालुवाटारमा वार्ता सुरु भएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार बुधबार विहानैदेखि बालुवाटारमा वार्ता सुरु भएको छ । वार्ताका लागि राजन भट्टराई र गृहमन्त्री बादल र नेकपाका तर्फबाट प्रकाण्ड र दीपक चलाउने बालुवाटारमा भेटेका छन् । बालुवाटारमा वार्ता भइरहँदा वरपरको सुरक्षास्थिति कडा पारिएको छ ।
विप्लव समूहले वार्तामा बस्नु अघि तीन प्रस्ताव अघि सारेको थियो । तर वार्ताकै क्रममा प्याकेजमै सहमति गर्नेगरी वार्ता सुरु भएको छ । विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध फुकुवा गर्न सरकार तयार भइसकेको छ भने त्यसका लागि गृहमन्त्री बादलले प्रतिबन्ध फुकुवाको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाँदैछन् ।
प्रतिबन्ध फुकुवापछि वार्तामा सरकारले थुनामा रहेका समूहका केही नेता, कार्यकर्तालाई छाड्ने तयारी समेत गरेको छ । प्रतिबन्ध लागेयता २ हजार ७ जना पक्राउ परिसकेका छन् । तीमध्ये १ हजार ८ सय ६४ जना छुटेका छन् भने १ सय २६ जना पुर्पक्षका लागि कारागारमा छन् ।
कार्यकर्ताको रिहाइ अघि प्रहरी प्रधान कार्यालयलाई समूहका थप नेता, कार्यकर्ताको गिरफ्तारी तत्काललाई रोक्न निर्देशन समेत दिएको बताइएको छ।
स्रोतका अनुसार विप्लवलाई सरकारी नेकपा (ओली समूह)को महासचिव बनाउनेसमेत प्रस्ताव सरकारी पक्षको छ । तर विप्लव पक्षधरहरुले यो एजेन्डा अहिले महत्वपूर्ण नभएको र पहिला आफ्ना तीन सर्त पूरा गरेर अगाडी बढ्न सकिने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: