- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारसँगको वार्ता सफल भएपछी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सार्वजनिक भएका छन् । उनी आज शुक्रबार पहिलोपटक सार्वजनिक स्थानमा देखिएका हुन् । आज नै उनले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा सम्बोधनसमेत गर्नेछन् । उनी लामो समय भूमिगत बस्दै आएका थिए ।
आजको कार्यक्रममा उनले सम्बोधनका क्रममा केहि विशेष घोषणासमेत गर्ने बताइएको छ ।