×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको घोषणा, दुवै समूहले वार्ता टोली बनाए … ! (अपडेटसहित)

PRIME CA

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको घोषणा, दुवै समूहले वार्ता टोली बनाए … ! (अपडेटसहित)

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गरेको घोषणा गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने जानकारी दिएका हुन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति पनि गठन गरेको छ । 
सरकारले बादललाई संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई वार्ता टोलीको स‍दस्य बनाएको छ । सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । 
प्रतिबन्धसँगै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलासँगै केन्द्रीय सदस्यहरु मा‍इला लामा, भरत बम, ओमप्रकाश पुन, आदर्शलगागतयका दर्जनौं नेताहरु जेलमा छन् । 

सरकारले मङ्गलबार बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्न समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

यता विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीमा प्रकाण्ड र दीपक चलाउने छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: