
- अर्थ सरोकार पोलिटिकल ब्युरो
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि प्रतिबन्ध फुकुवा हुनुपर्ने सर्त सरकारले मानेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै नेपाली राजनीतिमा नयाँ मोड देखा परेको हो । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका छन् । यसअघि पनि वार्ताको चर्चा चलेपनि सरकारले आधिकारिक निर्णय गर्न बाँकी थियो ।
राज्यबन्दी रिहा गर्ने कदम अगाडी बढ्ला ?
यता विप्लवले वार्ताका लागि पार्टीकै भाषामा राज्यबन्दीको रिहा गर्नुपर्ने माग गरेको छ । प्रतिबन्धसँगै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलासँगै केन्द्रीय सदस्यहरु माइला लामा, भरत बम, ओमप्रकाश पुन, आदर्शलगागतय दर्जनौं नेताहरु जेलमा छन् । उनीहरुलाई रिहा नगरेसम्म वार्ताको औचित्य नहुने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीहरुको ठम्याई छ। यद्यपी केहि कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहाइको तयारी गरिएको सरकार स्रोतको दाबी छ । यसरी हेर्दा नेकपा र सरकारबीचको वार्ता अगाडी बढ्ने देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्