×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सार्वजनिक हुँदै विप्लव !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार सार्वजनिक हुँदै विप्लव !

Artha Sarokar

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ झन्डै २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहिबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच तीन बुदेँ सहमति भएसँगै उनी शुक्रबार हुने विशेष समारोहलाई सम्बोधन गर्न काठमाडौं आइपुगेका छन् । 
बिहिबार भएको सहमतिको विस्तृत विवरण फागुन २१ गते अर्थात् शुक्रबार दिउँसो २ बजे विशेष समारोहकाबीच सार्वजनिक हुने भएको छ । सो समारोहलाई नेकपाका तर्फबाट नेत्र विक्रम चन्द ‘विप्लव’ र सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
सहमति नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयहरु छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी