
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमान्डूको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको हो । बैंकले माघ २७ गतेबाट उक्त सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले लिलामीमा बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगंज, हेटौडा, नारायणघाट शाखाबाट पनि आवेदन दिन सक्नेछन् भने पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेतबाट पनि आअवेदन पेस गर्न सकिनेछ ।
जसमा लगानीकर्ताले छिमेकको सेयरमा न्यूनतम ६०० रुपैयाँ र आरएमडीसीको सेयरमा न्यूनतम ५२० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्