×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन शिक्षामन्त्रीको निर्देशन, भने ‘ सुरुमा दुर्गम ठाउँहरुमा पुर्याउनू’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन शिक्षामन्त्रीको निर्देशन, भने ‘ सुरुमा दुर्गम ठाउँहरुमा पुर्याउनू’ (भिडियो)

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिनुभएको छ । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफुले सुन्न नचाहेको बताउनुभयो । कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो । समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पु¥याउन पनि उहाँले निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो – ‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । बिगतको मैले पास्ट इज पास्ट भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहान्न । त्यसको लागि तपाइहरुलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाइहरुलाई सामाग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाइहरु आफै पनि पहल गर्नुस् । कुनैपनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको बिकट गाउँको स्कुल सम्झनु । यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाइ हुनुप¥यो । अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुँदैछ । १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाइहरुले गर्नैपर्छ । प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ । कहिँकतै कुनैपनि बाहानामा विद्यालयका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु हुँदा उनीहरुको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरुको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहान्छु ।’
अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिनुभएको हो । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उहाँले त्यसको लागि तयारी रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘सबै हामीले अहिले हेरेका मेशिनहरु मध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस् । निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस् । कुनैपनि बेला तपाइहरुलाई यो आदेश आउनेछ ।’ मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: