×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको बाउन्स चेक काट्ने एक जना पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकको बाउन्स चेक काट्ने एक जना पक्राउ

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसूर मुद्दा रहेका उपेन्द्र प्रसाद ढुंगाना पक्राउ परेका छन् । ढुंगाना मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले उक्त मुद्दामा ढुंगानालाई १ महिना कैद र १ करोड ५० लाख लाख रूपैयाँ जरिवाना ठहर भएको सुनाएको थियो । त्यसपछि उनि फरार भएका थिए । 
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनले विसं २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुनेगरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी