
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २०६८ सालमा भएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको घोटाला प्रकरणमा फसेका ऋणीहरुले आफुहरु निर्दोष भएको तथ्य बाहिरिंदा पनि आफुहरुलाई न्याय दिनुको सट्टा आफ्ना सम्पत्तिहरु कौडीको भाउमा बेच्ने काम भएको र समस्या समाधानका लागि गठन भएको ऋण समितिले नै बदमासी गरेको आरोप लगाएका छन् ।
कम्पनी परिसरमा जम्मा भएका उनीहरुले आफुहरुलाई समस्या समाधानका लागि वार्तामा बोलाइएको तर वार्तामा आफुहरुलाई बोलाएर कम्पनीका सीइओले भने उल्टै प्रहरी पठाई आफु लुकेको आरोप लगाएका उनीहरुले न्यायका लागि सम्बन्धित सबैलाई गुहार मागेका छन् । आफुहरुलाई कम्पनीका संचालकहरु भेटाइदिन्छु भनी कम्पनीका सीइओले बोलाएको तर अन्तिममा आफुहरुलाई बेवकुफ बनाइएको भन्दै उनीहरु आक्रोशित भएका थिए।
आफ्ना सयौं रोपनी जग्गा कौडीको भाउमा ऋण समितिको मिलेमतोमा पचाएको भन्दै उनीहरुले आफुहरुलाई अनेक प्रलोभन देखाएर आफ्नो भएको सेयरसमेत खोसिएको आरोप लगाएका छन् । व्यवस्थापनको मनपरी हदै भएपछी आफुहरु यसमा विरुद्ध उत्रिनुपरेको बताउने उनीहरुले आफु र आफ्ना परिवारले बर्षौं जेल सजाय भुक्तान गरिसक्दा पनि मुद्धा ज्युका त्यूँ बनाएर आफुहरुमाथि अन्याय गरिएको दाबी गरेका छन् ।
२०६८ सालमा काभ्रेको मुखिया गाउँका थुप्रै सोझा गाउँलेहरु यो प्रकरणमा फसेका थिए । कम्पनीका तत्कालीन संचालक पवन कुमार कार्की र सम्भु केसीले मिलेमतो गरी नक्कली कम्पनी खडा गरेर सोझा गाउँलेहरुका नाममा करोडौं ऋण लिई अपचलन गरेका थिए । कम्पनीमा करोडौं घोटाला भएको प्रमाणित भएपछी नेपाल राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । घोटालाका मुख्य नाइके पवन कुमार कार्की हाल अमेरिकामा छन्। हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्