×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पर्सा जिल्लाको सखुवा प्रसौनी सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा, आलम र जयसवालले गरे उद्घाटन

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलेआफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहवीच गरे । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।
उक्त कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: