×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक र अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट प्राप्त गर्ने सक्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेट सँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: