×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेसनल अस्पतालको सेवामा २० प्रतिशत छुट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । क्लासिक टेकका ग्राहक र कर्मचारीले काठमाडाैंस्थित नेसनल अस्पतालबाट २० प्रतिशतसम्म छुट पाउने भएका छन् । हालै यी दुई संस्थाबीच एक सम्झाैता भएकाे छ । सम्झौता अनुसार क्लासिक टेककका कर्मचारी र ग्राहकलाई नेसनल अस्पताल कलंकीमा गरिने औषधि उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।
यसमा मेडिकल, ल्याब परीक्षणहरु तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहक तथा कर्मचारीले छुट प्राप्त गर्नेछन् । क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवाप्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको हो ।
सो सम्झौतामा नेसनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमलप्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृतराज वैद्यले हस्ताक्षर गरेका छन् । अस्पतालका प्रशासकीय अधिकृत किशोर सुवेदीका अनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरु तथा कर्मचारीहरु सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचयपत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: