×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको सामाजिक कार्य, निः सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नागरिक लगानी कोषको सामाजिक कार्य, निः सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई आर्थिक सहयोग

Artha Sarokar

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निः सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । 
सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।
कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१औं वार्षिकोत्सव आगामी ४ चैतमा रहेको छ । आवाश गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी