×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरको लागि ४ जनाको नाम सिफारिस, ती को-को हुन् ? कसले मार्ला बाजी ?

PRIME CA

नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरको लागि ४ जनाको नाम सिफारिस, ती को-को हुन् ? कसले मार्ला बाजी ?

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको २ डेपुटी गभर्नरको पद मंगलबारदेखि खाली भएको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल सकेर मंगलबार राष्ट्र बैंकबाट बहिरिएका हुन् । यससँगै नयाँ डेपुटी गभर्नको नियुक्ती प्रक्रिया अघि बढाइएको छ । नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री समक्ष नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको बताइएको छ । 
राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, प्रवक्ता डा. गुणाकर भट्ट र राष्ट्र बैंक अनुशन्धान विभागकी कार्यकारी निर्देशक डा. निलम ढुङ्गाना तिमिल्सिनाको नाम सिफारिस भएको छ । मन्त्रिपरिषद्ले ४ जनामध्ये २ जनालाई  ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नरमा नियुक्ति गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: