
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई “बेठिक टाईम”को न्यायको संज्ञा दिनुभएको छ ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भीक प्रतिक्रिया दिदै नेता गुरुङ्गले “बेठिक टाईम”मा न्याय दिने काम भएको बताउनुभएको हो । उहाँले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताउनुभयो । उहाँले फैसला संगै पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो “जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपा को निर्वाचन आयोगमा परिराअेको वहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाही उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाईममा दिनुपथ्र्यो । बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जादैन । नामको बारेमा मात्रै गरेको हो । ३ बर्षमा धेरै काम भएको छ ।” उहाँले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्