×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा, विप्लव र प्रकाण्डलाई भेटे

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । उनी शुक्रबार काभ्रे प्रहरीको हिरासतबाट रिहा भएका हुन् । काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको जानकारी दिए ।
सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो । उनलाई रीहा भएपछि प्रवक्ता प्रकाण्डले स्वागत गरेका छन् भने महासचिवलिई केहिबेरमा भेट्ने कार्यक्रम रहेको छ ।  यस्तै अन्य व्यक्तिहरुलाई पनि छाडिने भएको छ । बिहीबार सरकार र सो पार्टी बीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न निर्देशन दिएको थियो । यस्तै आज सरकारसँग भएको सहमतिको विस्तृत जानकारी दिन एक समारोहको आयोजना गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: