
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु ६० करोड बजेट स्वीकृत भएको छ ।
नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करीब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रु पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्