×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमद्धारा ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

डिशहोमद्धारा ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ । डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ । उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ । हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समामााजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ । उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिय आएको डिशहोमले जनाएको छ । प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम प्रसारणको तयारी गरिरहेको छ । 
दर्शकले हरेक शनिबार दिउँसो १ः ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् । यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ । लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभिजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘धेस प्लस’ च्यानल संचालनमा ल्याएको हो ।
यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ । आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्ये लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: