
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा 10mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा DishHome GO एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।DishHome GO WEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।
नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत DishHome GO, DishHome GO WEB / XVOD फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ । डिशहोम फाईबरनेटले हाल बजारमा 10mbps /25mbps र 40mbps र द्धण्mदउक का प्याकेजहरु उपलब्ध गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्