×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिपुरासुन्दरी मन्दिरको संरचना निर्माणमा प्राप्त बजेटभन्दा १३ प्रतिशत धेरै काम

PRIME CA
laxmi sunrise bank

त्रिपुरासुन्दरी मन्दिरको संरचना निर्माणमा प्राप्त बजेटभन्दा १३ प्रतिशत धेरै काम

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार

डोल्पा । यहाँको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माण कार्यका लागि निकासा भएको बजेटभन्दा धेरै काम भएको छ । केन्द्र र प्रदेश सरकारलगायतका निकायबाट विभिन्न शीर्षकमा आएको रु दुई करोड सात लाख ३५ हजार ९९७ बजेटमा रु दुई करोड ३३ लाख आठ हजार ४७ खर्च गरिएको अक्षयकोष समितिले जनाएको छ । 
सार्वजनिक सुनुवाइ कार्यक्रममा समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकारलगायत विभिन्न निकायबाट प्राप्त रकममा रु २६ लाख ४४ हजार रकम बराबरका धेरै काम गरिएको बताउनुभयो । “मन्दिरमा खौलादेखि मन्दिरसम्म रेलिङ, खप्तडबाबा पदमार्ग र हरिकृतन मन्दिर निर्माणलगायतका काम गर्दैै जाँदा रकम नपुगेपछि उधारो काम गरिएको हो, प्राप्त बजेटभन्दा १३ प्रतिशत धेरै काम भएको छ”, उपाध्यायले भन्नुभयो । तोकिएकोभन्दा धेरै काम गर्दै जाँदा थप रकम खर्च भएको उहाँको भनाइ छ ।
मन्दिरमा संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव २०७५/७६ र ०७६/०७७ गरेर रु एक करोड पाँच लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोष गरेर रु ६५ लाख प्राप्त प्राप्त भएको समितिले जनाएको छ । उधारो रकम पूर्तिका लागि समितिले विभिन्न निकायमा सहयोगको आह्वानसमेत गरेको छ । खप्तडबाट पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट जारी आवमा पुनः रु ५० लाख रकमसमेत आएको बताइएको छ । सरकारी निकायबाट प्राप्त विकास बजेटबाट तोकिएकोभन्दा धेरै काम गर्ने जिल्लाकै पहिलो आयोजना र समिति भएको सरोकारवाला निकायको भनाइ छ ।
नगरप्रमुख ओमबहादुर बुढासहितका सरोकारवाला व्यक्तिको उपस्थितिमा मन्दिरको सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेपालकै प्रशिद्ध मन्दिरमध्ये पर्ने वाला त्रिपुरासुन्दरी मन्दिरलाई सरकार देशका १०० पर्यटकीय गन्तव्यको सूचीमा समेत राखेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: