×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईसेवाबाट अनाधिकृत रुपमा अन्य व्यक्तिको खातामा रकम पठाउने दाङका १ जना पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

ईसेवाबाट अनाधिकृत रुपमा अन्य व्यक्तिको खातामा रकम पठाउने दाङका १ जना पक्राउ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अनलाइन ठगीमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । अर्काको ईसेवाकाे खाताबाट रकमान्तर गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले दाङको तुल्सीपुर उपमहानगरपालिका–४ घर भई काठमाडौंको चाबहिल बस्दै आएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको सानोठिमीबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पीडितले आफुसंग भेटघाट गरेको र नजिक भएपछि विभिन्न बहानामा कम्प्युटर, ल्यापटप र मोबाइल हेर्ने र गुगल एकाउण्टको पासवर्ड थाहा पाएर ईसेवाको एकाउण्ट खोलेर अन्य व्यक्तिका खातामा अनाधिकृत रुपमा रकम पठाउने गरेको उजुरी दिएका थिए । यता पक्राउ परेका खड्कालाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: