×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, कुन उपकरणबाट कति कारोबार गर्न पाइन्छ ?

PRIME CA

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, कुन उपकरणबाट कति कारोबार गर्न पाइन्छ ?

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विद्युतीय कारोबारको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो । जसअनुसार सेवाग्राहीले अब मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् । यसअघि यसको सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।
यता मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा पनि बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ । यसअघि यस्तो कारोबारको सीमा दैनिक १० लाख रुपैयाँमात्रै थियो । इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा २० लाख दैनिक कारोबार गर्न मिल्ने छ । यो सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउदा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: