×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने, एभरेष्ट बैंकले सुरु गर्यो क्युआर कोडको सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने, एभरेष्ट बैंकले सुरु गर्यो क्युआर कोडको सेवा

Artha Sarokar

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो । बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् । नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बैंकका नायव महा प्रबन्धक डा। सन्धिर कुमारले जानकारी गराए ।
उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको पनि उपस्थिति रहेको थियो । बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यस्तै, बैंकले १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी