×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट, १० लाख बराबरको क्षति

PRIME CA
GLOBAL IME BANK

चितवनको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट, १० लाख बराबरको क्षति

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवन जिल्लाको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अचानक लाइटर पड्केर भएको आगलागीबाट उहाँको ढुङ्गामाटोले बनेको दुइतले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी बताए । स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: