×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताप्लेजुङ दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ताप्लेजुङ दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: