×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा फोहोरमैला व्यवस्थापनका लागि ६० करोड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कञ्चनपुरमा फोहोरमैला व्यवस्थापनका लागि ६० करोड

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६० करोडको लागतमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजना अन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।
आधुनिक प्रविधिको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ ।
समितिमा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ । नगरप्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्य अनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए ।
“फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको छ”, उनले भने, “योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथसहयोगको अपेक्षा राखेका छौँ ।”
नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहोर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर संकलन गर्दै आएको छ ।
नगरपालिकामा दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । पछिल्लोपटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहोरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो ।
क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत महेन्द्रनगर बजारसहित आसपास क्षेत्रमा एक अर्ब लगानीमा नालीसहितका सडक निर्माण शुरु गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: