×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलद्वारा ललितपुरमा ‘निःशुल्क घरदैलो डिम्याट खाता’ अभियान, मेरो सेयरको पनि सुविधा पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईबिएल एस क्यापिटलद्वारा ललितपुरमा ‘निःशुल्क घरदैलो डिम्याट खाता’ अभियान, मेरो सेयरको पनि सुविधा पाइने

Artha Sarokar

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले निः शुल्क घरदैलो डिम्याट खाता अभियान शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत क्यापिटलले फागुन २० गते ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा उक्त अभियान सम्पन्न गरेको हो । 
एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पुँजी बजारमा सहभागिता होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।
एनआईबिएल एस क्यापिटलले ग्राहकवर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ । त्यस्तै, गत पुस १ गते देखि सीमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी