×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“सनराइज ब्लूचिप फण्ड” को १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमा आवेदन दिने म्याद थपियो, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

“सनराइज ब्लूचिप फण्ड” को १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमा आवेदन दिने म्याद थपियो, कहिलेसम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “सनराइज ब्लूचिप फण्ड” को इकाईमा आवेदन दिने म्याद थप भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।  जसमा आवेदन दिन म्याद थप गरिएको हो । 
उक्त निष्काशन तथा बिक्री खुल्ला माग भन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत्र १६ अगावै निष्काशन तथा बिक्री बन्द गर्न गरिनेसमेत जनाइएको छ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपणसमेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: