×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

कुमारी इक्विटी फण्डमा ३५ प्रतिशत बढीले दिए आवेदन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन परेको छ । उक्त फण्डमा माग भन्दा ३५ प्रतिशतले बढी आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ । कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्री खुला गरेको थियो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्णलाई कम्पनीले धन्यबाद ज्ञापन गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: