×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गणपति लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
 तनहुँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा संचालक समितीका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेको उक्त साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशतले हुने बोनश सेयर वितरण गर्ने लगाएत अन्य सम्पुर्ण प्रस्तावहरु सर्वसहमतीले पारित गरेको छ ।
सभामा अध्यक्ष युवराज भण्डारीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि पुर्व संचालक दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमी सहित महत्वपुर्ण मन्तव्य राखे । उनलाई यस वित्तीय संस्थाको संचालक समितीमा रहेर पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष युवराज भण्डारीले कदर पत्र सहित सम्मान गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अच्युत राज सापकोटाले सभाको औपचारीक कार्यक्रम संचलन गरे ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २६,३४६ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा ३९ करोड ३० लाख बचत संकलन गरेको र १ अर्ब ५६ करोड कर्जा लगानी गरेको छ । यस बर्षको अन्तसम्म ४ वटा शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: