
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंकको ४ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र आज आइतबारदेखि बिक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको ‘८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र जारी गरेको हो । कुल ३० लाख इकाई ऋणपत्रमध्ये १८ लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।
जसबाट सामूहिक लगानी कोषलाई ५% अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा काम सेञ्चुरी क्यापिटल रहेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्